सेवा रेमिटको अनुमतिपत्र खारेज

नेपाल राष्ट्र बैंकले सेवा रेमिट प्रालिको इजाजतपत्र खारेज गरेको छ । केन्द्रीय बैंकले शुक्रबार एक सूचनामार्फत रेमिट्यान्स कारोबार गर्न अनुमति प्राप्त गरेको यो कम्पनीको इजाजतपत्र खारेज गरिएको जानकारी दिएको हो ।

नेपाल राष्ट्र बैंक, विप्रेषण विनियमावली २०७९ बमोजिम खारेज हुने देखिएकाले रेमिट्यान्स कारोबारको सिलसिलामा यो कम्पनीसँग कुनै पनि व्यक्ति वा संस्थाले लिन बाँकी रहेको भए जानकारी दिन केन्द्रीय बैंकले जनाएको छ ।

बैंकले कुनै लेनदेन बाँकी रहेको भए सूचना प्रकाशित भएकाले ३५ दिनभित्र जानकारी गराउन आग्रह गरेको छ । यो म्यादभित्र लिखित जानकारी प्राप्त हुन नआएमा सेवा रेमिट प्रालिको बैंक जमानत फुकुवा हुने व्यहोरा सूचनामा उल्लेख छ ।

एजेन्सी

Comments

Back to top