के तपाईंलाई उठ्ने बित्तिकै चक्कर लाग्छ ? जान्नुहोस् कारण

अचानक उठ्दा आँखा अगाडि केही सेकेन्डको लागि अँध्यारो छाउने अनुभव तपाईंलाई कहिल्यै भएको छ ? यस्तो धेरै मानिसहरूलाई हुन्छ र सामान्यतया जब हामी बसेको वा सुतेको अवस्थाबाट अचानक उठ्छौँ । तर, यसको पछाडि के कारण छ, यसमा धेरैले ध्यान दिँदैनन् । 

यीमध्ये केही त धेरै साधारण कारण हुन्, जसलाई तपाईं आफैँ हटाउन सक्नुहुन्छ, तर केही अवस्थाहरू चिन्ताजनक पनि हुन सक्छ । बसेको वा सुतेको अवस्थाबाट अचानक उठ्दा चक्कर आउने अवस्थालाई अर्थोस्टेटिक हाइपोटेन्सन भनिन्छ ।

डिहाइड्रेशन

विशेषज्ञका अनुसार ओर्थोस्टेटिक हाइपोटेन्सन वा चक्कर आउनु भनेको हाम्रो पोजिसनमा परिवर्तन हुँदा रगतको चापमा छिटो गिरावट आउने अवस्थालाई भनिन्छ । यसको पछाडि धेरै कारणहरू हुन सक्छन्, तर सबैभन्दा सामान्य कारण भनेको शरीरमा पानीको कमी हो । डिहाइड्रेशनको कारणले शरीरको भोल्युम गुमाउँछ, जसको कारण अचानक उभिँदा ब्लड प्रेसर लो हुन्छ र चक्कर आउँछ ।

औषधिको साइड इफेक्ट

केही औषधिहरूको साइड इफेक्टको कारणले पनि यस्तो हुनसक्छ । विशेष गरी डाइयूरेटिक्स र एंटीहाइपरटेन्सिभ औषधिहरूको कारणले पनि रगतको चाप नियमित गर्न सकिँदैन र अचानक उभिँदा चक्कर आउन सक्छ ।

हृदयका रोग

हृदयसँग सम्बन्धित समस्याको कारणले पनि उभिँदा चक्कर आउने समस्या हुन सक्छ । हृदयका भल्भहरू र ब्रेडिकार्डियाको कारणले धेरै पटक हृदयले ठिकसँग रगत पम्प गर्न सक्दैन । यसको कारणले मस्तिष्कमा अक्सिजनको कमी हुन्छ र चक्कर आउन सक्छ ।

स्नायु प्रणालीसँग सम्बन्धित रोग

स्नायु प्रणालीसँग सम्बन्धित विकारहरू जस्तै- पार्किन्सन्स डिजिजको कारणले पनि धेरै पटक रगतको प्रवाह र रगतको चाप नियमित गर्न सकिँदैन । यसको कारणले पनि अचानक उभिँदा चक्कर आउन सक्छ ।

एनिमिया

एनिमिया भनेको यस्तो अवस्था हो, जसमा रातो रगतको कोषहरूको संख्या कम हुन्छ । यसको कारणले मस्तिष्कसम्म अक्सिजन कम पुग्छ र चक्कर आउन सक्छ ।

एजेन्सी

Comments

Back to top