ज्योति विकास बैंकका ग्राहकहरुलाई पोखरास्थित कुटी रिसोर्टमा २० प्रतिशतसम्मको छुट

ज्योति विकास बैंक लिमिटेडले पोखराको लेकसाइडमा अवस्थित कुटी रिसोर्टमा आफ्ना ग्राहकहरुलाई विभिन्न सेवा तथा सुविधामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ ।

यस सम्झौता अन्तर्गत बैंकका ग्राहकहरुले उक्त रिसोर्टमा खानामा २० प्रतिशत, पेय पदार्थमा १० प्रतिशत र रुम चार्जमा १५ प्रतिशतसम्मको आकर्षक छुटको फाइदा लिन सक्ने बैंकले जनाएको छ ।

उक्त रिसोर्टमा ग्राहकहरुले १ वर्षको अवधिसम्म यस्तो छुटको लाभ उठाउन सक्नेछन् । ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

एजेन्सी

Comments

Back to top