स्ट्यान्डर्ड चार्टर्ड बैंकको साधारणसभा मंसिर २४ गते बस्दै

स्ट्यान्डर्ड चार्टर्ड बैंकले साधारणसभा बोलाएको छ ।

बैंक सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो मंसिर २४ गते आयोजना गर्ने निर्णय गरेको छ । सभा काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा दिउँसो १ बजेबाट सुरु गरिने सञ्चालक समितिले जनाएको छ । 

सभाले गत आर्थिक वर्ष २०७९/८० का लागि प्रतिसेयर १९ रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ । बैंकको प्रबन्धपत्र र नियमावलीमा समसामयिक संशोधन तथा थप गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ । 

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गर्नेछ । 

बैंकले साधारण सभा प्रयोजनको लागि मंसिर ७ गते बुक क्लोज गर्ने भएको छ । यस बुक क्लोजको आधारमा मंसिर ७ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

Comments

Back to top