भिजन लुम्बिनी उर्जाको आईपीओ बाँडफाँट मसिंर ५ गते हुने

भिजन लुम्बिनी उर्जाको आईपीओ बाँडफाँटको मिति तोकिएको छ । कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ मंगलबार अथात् मसिंर ५ गते बाँडफाँट हुने भएको छ । 

कम्पनीले कात्तिक १६ गतेदेखि आइपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गरेको आईपीओ बाँडफाँड गरेपश्चात अहिले सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो ।

अन्तिम दिनसम्म आईपीओमा ११ लाख बढीको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार उक्त आईपीओमा ११ लाख ९४ हजार ८ सय २० जनाले १ करोड ३५ लाख ७६ हजार १ सय ६० कित्तका लागि आवेदन दिएका हुन् ।

Comments

Back to top