एनएलजी इन्स्योरेन्सको नाफा बढेसँगै बढ्यो ईपीएस पनि

एनएलजी इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८०/८१को पहिलो त्रैमासमा खुद नाफा ४०.७७ प्रतिशत बढाएर ५ करोड १४ लाख रुपैयाँ आर्जन गरेको छ ।

गत वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ६५ लाख रुपैयाँ मात्रै खुद नाफा गरेको थियो ।

गत असोज मसान्तसम्म कम्पनीले ६१ करोड ८८ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ५३ करोड ५७ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीले गत असोजसम्म ४१ करोड १८ लाख हजार रुपैयाँ कूल दावी भुक्तानी गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ८० करोड ९५ लाख रुपैयाँ कूल दावी भुक्तानी गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी १ अर्ब ४५ करोड ९२ लाख रुपैयाँ, महाविपत्ति कोष ७ करोड २७ लाख रुपैयाँ र निर्जीवन बीमा कोष १ अर्ब ८३ करोड ९० लाख रुपैयाँ पुगेको छ ।

असोजसम्म कम्पनीको प्रतिसेयर आम्दानी ३.०९ रुपैयाँ बढेर १४.११ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ २०८.०२ रुपैयाँ रहेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात ४९.७५ गुणा छ ।

Comments

Back to top