बिहिबार नेप्सेमा ११.८५ अंकको गिरावट, कारोबार रकम ८३ करोड !

बिहिबार सेयर बजार सामान्य अंकले घटेको छ। आज नेप्से परिसूचक ११.८५ अंकले घटेर १८५२.०८ विन्दुमा झरेको हो।

यस दिन कारोबार भएका २८२ कम्पनीको कुल २८ लाख ३३ हजार ७३१ कित्ता सेयर ८३ करोड ६० लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये ५७ कम्पनीको सेयर मूल्य बढेको छ, १७५ कम्पनीको मूल्यमा गिरावट छ भने, ५ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

कारोबार भएका सबै उपसमूहको परिसूचक घटेको छ। 

प्रमुख कारोबार

यस दिन टप गेनरमा सयपत्री हाइड्रोपावर लिमिटेड रहेको छ जसको सेयर मूल्य ६.९६% ले वृद्धि भएको छ। सबैभन्दा धेरै गुमाउनेमा माउटेन इनर्जी नेपाल लिमिटेड रहेकाे छ जसको ६.५८% ले सेयर मूल्य घटेको छ। कारोबार रकम र भोल्यूमका आधरमा यसदिन सोनापुर मिनिल्स् एण्ड आयल लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ७ करोडको ७० लाख बरबारको सेयर कारोबार भएको छ। 

Comments

Back to top