प्रिओपन सेसनमा नेप्सेमा ०.४५ अंकको वृद्धि !

बिहिबार प्रिओपन सेसनमा नेप्से ०.४५ अंकले बढेको छ l

बुधबार ५.१७ अंकले बढेर १८६३.९४ मा बन्द भएको नेप्से आज प्रिओपनपछि १८६४.३९ मा खुलेको हो। कुल ३४४ कित्ता सेयरको खरिदबिक्री करिब १ लाख १० हजारमा कारोबार भएको छ। 

यस सेसनमा कारोबारमा आएका १२ कम्पनीमध्ये ५ को मूल्य बढ्यो भने ५ को मूल्य घट्यो। बाँकी २ कम्पनीको मूल्यमा बने परिवर्तन छैन।

यस अवधीमा कुल १७ पटक ट्रान्ज्याक्सन भएको छ।

Comments

Back to top