बुधबार नेप्सेमा सामान्य अंकको वृद्धि, कारोबार रकममा गिरावट!

बुधबार नेप्सेमा सामान्य अंकको वृद्धि भएको छ। आज नेप्से परिसूचक ५.१७ अंकले बढेर १८६३.९४ विन्दुमा पुगेको हो।

यस दिन कारोबार भएका २८८ कम्पनीको कुल ३१ लाख ५७ हजार ०६२ कित्ता सेयर ७८ करोड २७ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये १२४ कम्पनीको सेयर मूल्य बढेको छ, ९३ कम्पनीको मूल्यमा गिरावट छ भने, २२ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

कारोबार भएका ८ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। 

प्रमुख कारोबार

यस दिन टप गेनरमा ग्लोबल आइएमइ लघुवित्त वित्तिय संस्था रहेको छ जसको सेयर मूल्य ८.०७% ले वृद्धि भएको छ। सबैभन्दा धेरै गुमाउनेमा कर्पोरेट डिभलप्मेन्ट बैँक रहेकाे छ जसको ६.३८% ले सेयर मूल्य घटेको छ। कारोबार रकमका आधरमा  यसदिन सोनापुर मिनिल्स् शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५ करोडको ६१ लाख बरबारको सेयर कारोबार भएको छ। सबैभन्दा धेरै हिमालयन बैँक लिमिटेडको प्रोमोटर सेयरको कारोबार भएको छ।

Comments

Back to top