राप्ती हाइड्रोले हकप्रद शेयर निष्काशनको लागि पायो स्वीकृति

राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनले हकप्रद शेयर निष्काशनको लागि विद्युत नियमन आयोगबाट स्वीकृति पाएको छ । 

कम्पनीले आयोगबाट १ः१ को अनुपातमा हकप्रद शेयर विक्री गर्नका लागि अनुमति पाएको हो । कम्पनीले आयोगसँग चुक्तापुँजी ६१ करोड २७ लाख ९३ हजार ८ सय रुपैयाँको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव साधारणसभामा लैजान आयोगसँग स्वीकृति मागेको थियो। 

कम्पनीको साधारणसभाले पारित गरेपछि र नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएपछि कम्पनीले हकप्रद निष्काशन गर्ने छ ।

 

Comments

Back to top