मंगलबार नेप्सेमा ११ अंकको वृद्धि, कारोबार रकम ९९ करोड!

मंगलबार नेप्सेमा सामान्य अंकको वृद्धि भएको छ। आज नेप्से परिसूचक ११.२२ अंकले बढेर १८५८.७६ विन्दुमा पुगेको हो।

यस दिन कारोबार भएका २८५ कम्पनीको कुल ४३ लाख ३१ हजार २२९ कित्ता सेयर ९९ करोड ६५ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये १४४ कम्पनीको सेयर मूल्य बढेको छ, ८३ कम्पनीको मूल्यमा गिरावट छ भने, १२ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

आज कारोबार भएका १२ उपसमूहको परिसूचक बढेको छ।

प्रमुख कारोबार

यस दिन टप गेनरमा लक्ष्मी लघुवित्त वित्तिय संस्था रहेको छ जसको सेयर मूल्य ८.१६% ले वृद्धि भएको छ। सबैभन्दा धेरै गुमाउनेमा स्वाभिमान लघुवित्त वित्तिय संस्था रहेकाे छ जसको ८.२६% ले सेयर मूल्य घटेको छ। कारोबार रकम र भोल्यूमका आधारमा आधारमा यसदिन हिमालयन बैँक लिमिटेडको प्रोमोटर सेयर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ९ करोडको १६ लाख बरबारको सेयर कारोबार भएको छ। सबैभन्दा धेरै हिमालयन बैँक लिमिटेड प्रोमोटरको कारोबार भएको छ।

Comments

Back to top