सोमबार सेयर बजारमा हरियाली, २१ अंकको वृद्धि!

आज सोमबार सेयर बजारमा हरियाली छाएको छ। नेप्से परिसूचक २१.३० अंकले बढेर १८४७.५४ विन्दुमा पुगेको हो।

यस दिन कारोबार भएका २८३ कम्पनीको कुल ३५ लाख ५५ हजार ६७० कित्ता सेयर ९३ करोड ८९ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये १९९ कम्पनीको सेयर मूल्य बढेको छ, ३२ कम्पनीको मूल्यमा गिरावट छ भने, ६ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

आज कारोबार भएका सबै उपसमूहको परिसूचक बढेको छ।

प्रमुख कारोबार

यस दिन टप गेनरमा हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड रहेको छ जसको सेयर मूल्य ९.९८% ले वृद्धि भएको छ। सबैभन्दा धेरै गुमाउनेमा लक्ष्मी लघुवित्त वित्तिय संस्था रहेकाे छ जसको ४.२८% ले सेयर मूल्य घटेको छ। कारोबार रकमका आधारमा यसदिन सोल्टी होटल लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६ करोडको ४३ लाख बरबारको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा सबैभन्दा धेरै हिमालयन बैँक लिमिटेड प्रोमोटरको कारोबार भएको छ।

Comments

Back to top