भिजन लुम्बिनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

भिजन लुम्बिनिको २० लाख ७५ हजार २८५ कित्ता आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। 

कम्पनीले कात्तिक १६ गतेदेखि आइपीओ निष्काशन गरेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गरेको आइपीओ बाँडफाँड गरेपश्चात अब सर्वसाधारणका लागि निष्काशन गरेको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु, सामूहिक लगानी कोष र कम्पनीका कर्मचारीहरुलाई बाँडफाँड गरी बाँकी रहेको ४ लाख ८७ हजार ९१० कित्ता शेयर सहित गरी कुल २० लाख ७५ हजार २८५ कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गर्न गरेको हो । शेयरको मुल्य प्रति कित्ता १ सय रुपैयाँ रहेको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

Comments

Back to top