सेयर बजारको ओरालो लाग्ने क्रम जारी नै, पहिलो कारोबार दिन २१ अंकले घट्यो नेप्से!

आइतबार पहिलो कारोबार दिन नेप्से केहि अंकले ओरालो झरेको छ। आज नेप्से परिसूचक २१.४६ अंकले घटेर १८२६.२३ विन्दुमा झरेको हो।

यस दिन कारोबार भएका २८९ कम्पनीको कुल ३५ लाख ५८ हजार ५५४ कित्ता सेयर ९७ करोड २३ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये ३५ कम्पनीको सेयर मूल्य बढेको छ, १९७ कम्पनीको मूल्यमा गिरावट छ भने, ४ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

आज कारोबार भएका १२ उपसमूहको परिसूचक घटेको छ।

 

प्रमुख कारोबार

यस दिन टप गेनरमा एनआइसी एसिया लघुवित्त वित्तिय संस्था लिमिटेड रहेको छ जसको सेयर मूल्य ६.९७% ले वृद्धि भएको छ। सबैभन्दा धेरै गुमाउनेमा हिमालयन लघुवित्त वित्तिय संस्था रहेकाे छ जसको १०% ले सेयर मूल्य घटेको छ। कारोबार रकमका आधारमा यसदिन नबिल बैँक लिमिटेडको प्रोमोटर सेयर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४ करोडको ६० लाख बरबारको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा सबैभन्दा धेरै ग्लोबल आइएमइ बैँकको कारोबार भएको छ।

Comments

Back to top