प्रिओपन सेसनमा नेप्सेमा ०.९५ अंकको गिरावट !

आइतबार प्रिओपन सेसनमा नेप्से ०.९५ अंकले घटेको छ l

बिहिबार १०.८६ अंकले घटेर १८४७.७० मा बन्द भएको नेप्से आज प्रिओपनपछि १८४६.७५ मा खुलेको हो। कुल १,८५० कित्ता सेयरको खरिदबिक्री करिब ४ लाख ४१ हजारमा कारोबार भएको छ। 

यस सेसनमा कारोबारमा आएका १८ कम्पनीमध्ये ४ को मूल्य बढ्यो भने १० को मूल्य घट्यो। बाँकी ४ कम्पनीको मूल्यमा बने परिवर्तन छैन।

यस अवधीमा कुल २३ पटक ट्रान्ज्याक्सन भएको छ।

Comments

Back to top