भिजन लुम्बिनी उर्जाको आईपीओमा पहिलो दिनमा २ लाख १८ हजार २१३ आवेदन

भिजन लुम्बिनी उर्जा कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओमा १.३६ गुणा बढी आवेदन परेको छ । कम्पनीको आईपीओमा पहिलो दिन नै २ लाख १८ हजार २१३ जनाले आवेदन दिएका छन्।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार बिहीबार बेलुकी ५ बजेर ७ मिनेटसम्ममा कम्पनीको २८ लाख ४१ हजार ८ सय ९० कित्ता शेयर माग गरिएको छ । भिजन लुम्बिनीले २० लाख ७५ हजार २८५ कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो ।

कम्पनीले निष्काशन गरेको आईपीओमा कात्तिक २० गतेसम्म आवेदन दिन सकिनेछ।

Comments

Back to top