नेप्सेमा १०.८६ अंकको गिरावट, कारोबार रकममा भने वृद्धि!

अन्तिम कारोबार दिन पनि नेप्सेमा गिरावट आएको छ। आज नेप्से परिसूचक १०.८६ अंकले घटेर १८४७.७० विन्दुमा झरेको हो।

यस दिन कारोबार भएका २८१ कम्पनीको कुल ३७ लाख ४९ हजार ९५४ कित्ता सेयर ९६ करोड ४४ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये ४० कम्पनीको सेयर मूल्य बढेको छ, १९० कम्पनीको मूल्यमा गिरावट छ भने, ६ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

आज कारोबार भएका ११ उपसमूहको परिसूचक घटेको छ।

प्रमुख कारोबार

यस दिन टप गेनरमा चन्द्रागिरी हिल्स् लिमिटेड रहेको छ जसको सेयर मूल्य ६.०४% ले वृद्धि भएको छ। सबैभन्दा धेरै गुमाउनेमा सयपत्री हाइड्रोपावर लिमिटेड रहेकाे छ जसको १०% ले सेयर मूल्य घटेको छ। कारोबार रकमका आधारमा यसदिन आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रोमोटर सेयर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १० करोडको १० लाख बरबारको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा सबैभन्दा धेरै प्राइम कमर्सियल बैँकको प्रोमोटर सेयरको कारोबार भएको छ।

Comments

Back to top