गुहेश्वरी मर्चेन्ट एण्ड बैंकिङ फाइनान्स लिमिटेडमा रोजगारीको अवसर

गुहेश्वरी मर्चेन्ट एण्ड बैंकिङ फाइनान्स लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले असिस्टेन्ट म्यानेजर (हेड अफ डिर्पाटमेन्ट), ब्रान्च मेनेजर (अफिसर लेभल), म्यानेजमेन्ट ट्रेनि र असिस्टेन्ट ट्रेनिका लागि कर्मचारी माग गरेको हो ।

असिस्टेन्ट म्यानेजरमा आवेदन दिनका लागि सम्बन्धित विषयबाट स्नातक वा स्नाकोत्तर गरेको हुनुपर्नेछ साथै, बैंक तथा वित्तीय क्षेत्रमा ५ वर्षको अनुभव भएको हुनुपर्ने जनाएको छ । साथै, उमेरको हकमा ४५ वर्ष ननाघेको हुनुपर्नेछ ।

त्यस्तै, ब्रान्च मेनेजर र म्यानेजमेन्ट ट्रेनिका लागि सम्बन्धित विषयमा ब्याचलर डिग्री गरेको र ४० वर्ष उमेर ननाघेको हुनुपर्नेछ भने असिस्टेन्ट टेनिमा प्लस टु उत्तीर्ण गरेका र ३५ वर्ष उमेर नकटेकाले आवेदन दिन सक्नेछन । ईच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कम्पनीको वेबसाइट मार्फत आवेदन दिन सकिनेछ l 

Comments

Back to top