प्रिओपन सेसनमा नेप्सेमा ०.२९ अंकको गिरावट !
बिहिबार प्रिओपन सेसनमा नेप्से ०.२९ अंकले घटेको छl
बुधबार ५.८३ अंकले घटेर १८५८.५६ मा बन्द भएको नेप्से आज प्रिओपनपछि १८५८.२६ मा खुलेको हो। कुल १७५ कित्ता सेयरको खरिदबिक्री करिब ५० हजारमा कारोबार भएको छ।
यस सेसनमा कारोबारमा आएका ८ कम्पनीमध्ये २ को मूल्य बढ्यो भने ६ को मूल्य घट्यो।
यस अवधीमा कुल १५ पटक ट्रान्ज्याक्सन भएको छ।
Comments