आज चिरख्वा हाइड्रोपावरको आईपीओ र मिर्मिरे लघुवित्तको एफपीओ बाँडफाँड हुँदै

आज चिरख्वा हाइड्रोपावर कम्पनीले आईपीओ र मिर्मिरे लघुवित्त वित्तीय संस्थाले एफपीओ बाँडफाँड गर्दै छन् ।

मिर्मिरे लघुवित्तको एफपीओ आज बिहान ८ः३० बजे बाँडफाँट गर्ने तयारी गरिएको बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङले जनाएको छ ।

मागभन्दा १३० दशमलव ६३ गुणा बढी आवेदन परेको मिर्मिरे लघुवित्तको एफपीओ गोलाप्रथाबाट बाँडफाँट हुनेछ । यसमा १४ लाख २१ हजार ७७७ जनाले कुल १ करोड ६१ लाख ७४ हजार ५८० कित्ताको लागि आवेदन दिएका छन् । जसमा १२ हजार ३८१ जनाले मात्र शेयर हात पार्नेछन् भने बाँकी रहेका १४ लाख ९ हजार ३९६ जनाको हात खाली हुनेछ ।

त्यस्तै, चिरख्वा हाइड्रोपावरको आईपीओ आज दिउँसो १ बजे बाँडफाँड हुनेछ । बिक्री प्रबन्धक आरबिबि मर्चेण्ट लिमिटेडले सो समयमा बाँडफाँड गरिने जनाएको हो ।

कम्पनीको आईपीओ अन्तिम दिनसम्ममा १२ लाख १२ हजार ६४५ जना आवेदकले १ करोड ३१ लाख ९९ हजार २४० कित्ताका लागि आवेदन दिएका थिए । यो माग भन्दा १५ दशमलव ३६ गुणा बढी आवेदन परेको हो । यस आधारमा कम्पनीको आईपीओ ८५ हजार ९३० जना आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गर्नेछन् ।

 

Comments

Back to top