आज पनि नेप्सेमा गिरावट, कारोबार रकम ८१ करोड!

बुधबार पनि सेयर बजारले ओरालो लाग्ने क्रमलाई  निरन्तरता दिएको छ। आज नेप्से परिसूचक ५.८३ अंकले घटेर १८५८.५६ विन्दुमा झरेको हो।

यस दिन कारोबार भएका २९६ कम्पनीको कुल ३३ लाख ६४ हजार ०५६ कित्ता सेयर ८१ करोड २० लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये ६८ कम्पनीको सेयर मूल्य बढेको छ, १६२ कम्पनीको मूल्यमा गिरावट छ भने, ८ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

आज कारोबार भएका १२ उपसमूहको परिसूचक घटेको छ।

प्रमुख कारोबार

यस दिन टप गेनरमा सयपत्री हाइड्रोपावर लिमिटेड रहेको छ जसको सेयर मूल्य ९.३९% ले वृद्धि भएको छ। सबैभन्दा धेरै गुमाउनेमा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड रहेकाे छ जसको ७.९९% ले सेयर मूल्य घटेको छ। कारोबार रकम र भोल्यूमकाका आधारमा यसदिन सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १४ करोडको बरबारको सेयर कारोबार भएको छ। 

Comments

Back to top