सात वाणिज्य र दुई विकास बैंकको लाभांश घोषणा

सात वाणिज्य बैंक र दुई विकास बैंकसहित नौ बैंकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना सेयर धनीहरूलाई दिने लाभांश घोषणा गरेका छन् ।

लाभांश घोषणा गर्ने दुई विकास बैंकमा सांग्रिला डेभलपमेन्ट बैंक र शाइना रेसुङ्गा डेभलपमेन्ट बैंक रहेका छन् । यी बैंकले क्रमश ५.२६३ प्रतिशत र ११.०५ प्रतिशत लाभांश घोषणा गरेका छन् ।

त्यस्तै लाभांश घोषणा गर्ने वाणिज्य बैंकमा माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, एनआईसी एशिया बैंक, सानिमा बैंक, सिटिजन बैंक इन्टरनेशनल बैंक, सिद्धार्थ बैंक र स्ट्यान्डर्ड चार्टड बैंक रहेका छन् । 

सात बैंकहरूमध्ये एनआईसी एशिया बैंकले अधिकतम ३०.५२ प्रतिशत लाभांश दिएको छ । बैंकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट चुक्ता पुँजीको २९ प्रतिशत बोनस सेयर र १.५२ प्रतिशत नगद लाभांश दिने भएको हो ।

त्यस्तै सोमबार मात्रै लाभांश घोषणा गरेको स्ट्याण्डर्ड चार्टर्डले १९ प्रतिशत नगद लाभांश, एभेष्ट बैंकले १० प्रतिशत बोनस र १०.५३ प्रतिशत नगद गरी कुल २०.५३ प्रतिशत लाभांश दिने भएको छ ।

यता, सानिमा बैंकले ९ प्रतिशत बोनससहित कुल १४.७ प्रतिशत, माछापुच्छेले १३.३ प्रतिशत बोनससहित कुल १४ प्रतिशत सिटिजन बैंकले ५.७९ प्रतिशत नगद लाभांश र सिद्धार्थ बैंकले ४.२१ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

Comments

Back to top