चिरख्वा हाइड्रोपावरको आईपीओ बिहीबार बाँडफाँट हुने

चिरख्वा हाइड्रोपावरको आईपीओ आगामी बिहीबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक आरबिबि मर्चेण्ट लिमिटेडले कात्तिक १६ गते अर्थात बिहीबार बाँडफाँट हुने जानकारी दिएको हो ।

कम्पनीको आईपीओमा अन्तिम दिनसम्ममा १२ लाख १२ हजार ६४५ जना आवेदकले १ करोड ३१ लाख ९९ हजार २४० कित्ताका लागि आवेदन दिएका थिए । यो माग भन्दा १५ दशमलव ३६ गुणा बढी आवेदन परेको हो । यस आधारमा कम्पनीको आईपीओ ८५ हजार ९३० जना आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गर्नेछन् ।

कम्पनीले असोज २३ गते देखि २६ गते सम्म सर्वसाधारणमा ८ लाख ५९ हजार ३ सय कित्ता आईपीओ निष्कासन गरेको थियो ।
 

Comments

Back to top