एकदिनको सामान्य वृद्धिपछि आज नेप्सेमा १४ अंकको गिरावट!

मंगलबार सेयर बजार पुनः ओरालो लागेको छ। आज नेप्से परिसूचक १४.२९ अंकले घटेर १८६४.४० विन्दुमा झरेको हो।

यस दिन कारोबार भएका २८६ कम्पनीको कुल २२ लाख ५८ हजार १८७ कित्ता सेयर ५७ करोड १४ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये ३८ कम्पनीको सेयर मूल्य बढेको छ, १९३ कम्पनीको मूल्यमा गिरावट छ भने, ७ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

आज कारोबार भएका सबै उपसमूहको परिसूचक घटेको छ।

प्रमुख कारोबार

यस दिन टप गेनरमा महुली लघुवित्त वित्तीय संस्था लिमिटेड रहेको छ जसको सेयर मूल्य ६.०५% ले वृद्धि भएको छ। सबैभन्दा धेरै गुमाउनेमा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड रहेकाे छ जसको ९.९८% ले सेयर मूल्य घटेको छ। कारोबार रकमका आधारमा यसदिन सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १ करोडको बरबारको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा सबैभन्दा धेरै प्रभु स्मार्ट फण्डको कारोबार भएको छ। 

 

 

 

Comments

Back to top