सोमबार नेप्सेमा सामान्य वृद्धि!

सोमबार सेयर बजार सामन्य अंकले उकालो लागेको छ। आज नेप्से परिसूचक ३.०४ अंकले बढेर १८७८.७० विन्दुमा पुगेको हो।

यस दिन कारोबार भएका २८७ कम्पनीको कुल २८ लाख २४ हजार ००७ कित्ता सेयर ६९ करोड ४२ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये १२८ कम्पनीको सेयर मूल्य बढेको छ, ९७ कम्पनीको मूल्यमा गिरावट छ भने, १४ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

आज कारोबार भएका १० उपसमूहको परिसूचक बढेको छ भने ३ पसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूहको परिसूचक घटेको छ।

 

प्रमुख कारोबार

 

यस दिन टप गेनरमा पञ्चयकन्या माइ हाइड्रोपावर लिमिटेड रहेको छ जसको सेयर मूल्य ७.८२% ले वृद्धि भएको छ। सबैभन्दा धेरै गुमाउनेमा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड रहेकाे छ जसको १०% ले सेयर मूल्य घटेको छ। कारोबार रकमका आधारमा यसदिन साधना लघुवित्त वितीय संस्थाको प्रोमोटर सेयर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३ करोडको बरबारको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमन सिद्धार्थ बैँक लिमिटेडको प्रोमोटर सेयरको कारोबार भएको छ। 

Comments

Back to top