दशैँ पछिको पहिलो कारोबार दिन सेयर बजारमा २८ अंकको गिरावट!

दशैँ पछिको पहिलो कारोबार दिन सेयर बजार ओरालो लागेको छ। आज नेप्से परिसूचक २८.१८ अंकले घटेर १८७५.६५ विन्दुमा झरेको हो।

यस दिन कारोबार भएका २८३ कम्पनीको कुल २७ लाख १२ हजार १२३ कित्ता सेयर ७४ करोड २९ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये २७ कम्पनीको सेयर मूल्य बढेको छ, २०० कम्पनीको मूल्यमा गिरावट छ भने, ७ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

आज कारोबार भएका सबै उपसमूहको परिसूचक घटेको छ ।

प्रमुख कारोबार

यस दिन टप गेनरमा अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेड रहेको छ जसको सेयर मूल्य ८.९९% ले वृद्धि भएको छ। सबैभन्दा धेरै गुमाउनेमा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड रहेकाे छ जसको १०% ले सेयर मूल्य घटेको छ। कारोबार रकम र भोल्यूमका आधारमा यसदिन नेस्नल हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४ करोडको बरबारको सेयर कारोबार भएको छ। 

Comments

Back to top