उन्नति सहकार्य लघुवित्तको एफपीओ कार्तिक २१ गतेदेखि

उन्नति सहकार्य लघुवित्तको एफपीओ कार्तिक २१ गतेदेखि जारी हुने भएको छ ।

बैंक तथा वित्तीय संस्था ऐनको व्यवस्थाअनुसार सर्वसाधारणलाई जारी गरिने न्युनतम पुँजीको हिस्सा पुर्याउन १ करोड ७८ लाख रुपैयाँ बराबरका १ लाख ७८ हजार कित्ता शेयर बिक्री गर्न लागेको हो ।

यसअघि उन्नति लघुवित्तले आईपीओ जारी गरे पनि सहकार्य लघुवित्तले ल्याएको थिएन । दुई संस्थाबीच मर्जर भएपछि सर्वसाधारणको शेयर हिस्सा घटेको हो ।

अहिले आईपीओ नै प्रिमियममा बिक्री भइरहेको अवस्थामा यो कम्पनीले एफपीओ नै अंकित मूल्य १०० रुपैयाँमा जारी गर्न लागेको हो।

अहिले दोस्रो बजारमा सो लघुवित्तको शेयर ७१५ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।यो आधारमा हेर्दा एफपीओ प्राप्त गर्नेलाई प्रतिकित्ता ६१५ रुपैयाँ नाफा हुन्छ ।

गत आवसम्म कम्पनीको नेटवर्थ २०४ रुपैयाँ र प्रतिशेयर आम्दानी ३.३४ रुपैयाँ रहेको छ ।

Comments

Back to top