हिमालयन रिइन्स्योरेन्सले कार्तिक २१ गतेबाट प्रिमियममा आइपीओ विक्री खुला गर्ने

हिमालयन रिइन्स्योरेन्सले कार्तिक २१ गतेबाट प्रिमियममा आइपीओ निष्काशन तथा विक्री खुला गर्ने भएको छ ।

कम्पनीले जारी पूँजी १० अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको प्रति शेयर १ सय रुपैयाँ अंकित दरका ३ करोड कित्ता साधारण शेयरमा प्रिमियम वापत १०६ रुपैयाँ थप गरी २०६ रुपैयाँ अंकित दरमा ६ अर्ब १८ करोड रुपैयाँ साधारण शेयर निष्काशन गर्न बोर्डबाट अनुमति पाएको हो ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि मात्रै आइपीओ निष्काशन मिति तोकेको हो । अब यसपछि सर्वसाधारणका लागि विक्री मिति तय गर्नेछ ।

सोमध्ये १० प्रतिशत अर्थात ३० लाख कित्ता शेयर नेपाल सरकारको सम्बन्धीत निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा रहेका नेपालीलाई निष्काशन गरिने जनाएको छ ।

२ प्रतिशत अर्थात ६ लाख कित्ता कार्यालयमा कार्यरत कर्मचारीलाई,५ प्रतिशत अर्थात १५ लाख कित्ता सामुहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहेको २ करोड ४९ लाख कित्ता सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

उक्त आइपीओमा १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम ३ लाख कित्तासम्म आवेदन दिन सकिने ब्यवस्था छ । उक्त आइपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले कार्तिक २१ गतेदेखि मंसिर ५ गते बैंकिङ समयसम्म मात्रै आवेदन दिन सक्नेछन् ।

Comments

Back to top