भोलिदेखि दुई कम्पनीले आइपीओ बिक्री खुल्ला गर्दै

मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई शुक्रबार कात्तिक १० गते देखि आइपीओ बिक्री खुला गर्दैछ । कम्पनीले आफ्नो जारी पुँजी ७० करोड रुपैयाँको २० प्रतिशत ले हुन आउने १४ करोड रुपैयाँ बराबरको आइपीओ सर्वसाधारणलाई जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

यसको १० प्रतिशत अर्थात् १ करोड ४० लाख रुपैयाँ बराबरको १ लाख ४० हजार कित्ता सेयर पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई जारी गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १ सय अंकित मूल्यमा आइपीओ जारी गर्न लागेको हो ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले यसमा कात्तिक २४ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

यस्तै, नेपाल वेयर हाउजिङ कम्पनीले पनि कात्तिक १० गते देखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गर्दैछ । कम्पनीले सर्वसाधारणलाई छुट्याइएको कुल १३ लाख ७५ हजार कित्ता सेयरमध्ये १०५ ले हुने १ लाख ३७ हजार ५०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेकालाई बिक्री गर्न लागेको हो ।

कम्पनीले २७ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि र ६८ हजार ७५० कित्ता सेयर म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । बाँकी रहेको ११ लाख ४१ हजार २५० कित्ता सेयर भने सर्वसाधारणलाई बिक्री हुनेछ ।

पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आइपीओ बिक्री गरिसकेपछि मात्र सर्वसाधारणलाई खुला गरिने कम्पनीले जनाएको छ ।वैदेशिक रोजगारीमा रहेकाले कात्तिक २४ गतेसम्म आवेदन दिन सक्नेछन् । प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । यसमा हिमालयन क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

 

Comments

Back to top