माथिल्लो मैलुङ खोलाको आइपीओ बाँडफाँट

माथिल्लो मैलुङ खोलाको आइपीओ आज शुक्रबार कात्तिक ३ गते बाँडफाँट भएको छ । गोलाप्रथाद्वारा गरिएको यो बाँडफाँटमा १ लाख २८ हजार ४२० जना सर्वसाधारणले १० कित्ताका दरले सेयर पाएका छन् ।

कम्पनीले असोज १८ गतेदेखि २२ गतेसम्म सर्वसाधारणका लागि १२ लाख ८४ हजार २०० कित्ता सेयर आइपीओ जारी गरेको थियो । जसमा कुल ११ लाख ९० हजार २९६ लगानीकर्ताले आवेदन दिएका थिए। जसमध्ये ११ लाख ८५ हजार ६४२ आवेदन स्वीकृत भएको हो ।

Comments

Back to top