भिजन लुम्बिनी उर्जा कम्पनीले कार्तिक १६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै

भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले कार्तिक १६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बाँडफाँट गरिसकेको कम्पनीले सर्वसाधारणका लागि आईपीओ जारी गर्न लागेको हो।

आयोजना प्रभावित स्थानीयका लागि १९ लाख १२ हजार ५०० कित्ता आईपीओ विक्री खुला गरिएकाेमा १४ लाख २४ हजार ५९० कित्ता मात्रै बाँडफाँट गरिएको कम्पनीले जनाएको छ । स्थानीयहरुसँग विक्री हुन नसकेको ४ लाख ८७ हजार ९१० कित्ता आईपीओ समेत थप गरेर अन्य सर्वसाधारणमा विक्री गर्न लागेको बताइएको छ ।

यस्तै, दोस्रो चरणमा ९५ हजार ६२५ कित्ता सामूहिक लगानीकोषका लागि र ३८ हजार २५० कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरी बाँकी रहेको २० लाख ७५ हजार २८५ कित्ता आईपीओ सार्वजनिक निष्कासनमा ल्याउन लागेको छ ।

सर्वसाधारणले यो आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख ८० हजार कित्तासम्म माग गर्न सक्नेछन् । आईपीओ विक्रीका लागि कार्तिक २० गतेसम्मको समय दिइएको छ ।

त्यो अवधिभित्र माग बमोजिम आवेदन नगरेमा मंसिर १ गतेसम्म विक्री समय लम्बिने बताइएको छ । यो कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड छ । आवेदकले मेरो शेयर समेत प्रयोग गरेर आईपीओ भर्न सक्ने बताइएको छ ।

Comments

Back to top