अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य अंकको गिरावट!

बिहिबार सेयर बजार फेरि ओरालो लागेको छ। आज नेप्से परिसूचक ४.०५ अंकले घटेर १९०३.८४ विन्दुमा पुगेको हो।

यस दिन कारोबार भएका २८४ कम्पनीको कुल ३७ लाख ६६ हजार १५३ कित्ता सेयर ९७ करोड ६ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये ८० कम्पनीको सेयर मूल्य बढेको छ, १५० कम्पनीको मूल्यमा गिरावट छ भने, ६ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

आज कारोबार भएका ९ उपसमूहको परिसूचक घटेको छ ।

प्रमुख कारोबार

यस दिन टप गेनरमा सिटिजन्स् म्युचुयल फण्ड २ रहेको छ जसको सेयर मूल्य ५.८७% ले वृद्धि भएको छ। सबैभन्दा धेरै गुमाउनेमा अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेड रहेकाे छ जसको ८.२५% ले सेयर मूल्य घटेको छ। कारोबार रकमका आधारमा यसदिन नबिल बैँक लिमिटेडको प्रोमोटर सेयर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५ करोडको बरबारको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा प्रभु बैँक लिमिटेडको प्रोमोटर सेयरको कारोबार भएको छ।

Comments

Back to top