प्रिओपन सेसनमा नेप्सेमा ०.७६ अंकको वृद्धि !
बिहिबार प्रिओपन सेसनमा नेप्से ०.७६ अंकले बढेको छ l
बुधबार ४३.२७ अंकले बढेर १९०७.८९ मा बन्द भएको नेप्से आज प्रिओपनपछि १९०८.६६ मा खुलेको हो। कुल २०० कित्ता सेयरको खरिदबिक्री करिब १ लाख १ हजारमा कारोबार भएको छ।
यस सेसनमा कारोबारमा आएका ११ कम्पनीमध्ये ३ को मूल्य बढ्यो भने ५ को मूल्य घट्यो। बाँकी ३ कम्पनीको मूल्यमा परिवर्तन छैन।
यस अवधीमा कुल १२ पटक ट्रान्ज्याक्सन भएको छ।
Comments