सेयर बजारमा उच्च अंकको वृद्धि, ४३.२७ अंकले बढ्यो नेप्से!

बुधबार सेयर बजार उच्च अंकले बढेको छ। आज नेप्से परिसूचक ४३.२७ अंकले बढेर १९०७.८९ विन्दुमा पुगेको हो।

यस दिन कारोबार भएका २८६ कम्पनीको कुल ३७ लाख ७२ हजार ०२३ कित्ता सेयर ९३ करोड ४८ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये २२३ कम्पनीको सेयर मूल्य बढेको छ, १० कम्पनीको मूल्यमा गिरावट छ भने, ३ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

आज कारोबार भएका सबै उपसमूहको परिसूचक बढेको छ ।

प्रमुख कारोबार

यस दिन टप गेनरमा आशा लघुवित्त वित्तीय संस्था रहेको छ जसको सेयर मूल्य १०% ले वृद्धि भएको छ। सबैभन्दा धेरै गुमाउनेमा बिपिडब्लु लघुवित्त वित्तीय संस्था  लिमिटेड रहेकाे छ जसको ४.६२% ले सेयर मूल्य घटेको छ। कारोबार रकमका आधारमा यसदिन सानिमा जीआइसी इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४ करोडको ४६ लाख बरबारको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा कुमारी बैँक लिमिटेडको प्रोमोटर सेयरको कारोबार भएको छ।

Comments

Back to top