माथिल्लो मैलुङ खोला जलविद्युतको आईपीओ बाँडफाँड कात्तिक ३ गते शुक्रबार

माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको आईपीओ बाँडफाँडको मिति तय भएको छ । कम्पनीको आईपीओ कात्तिक ३ गते (शुक्रबार) बाँडफाँड गरिने बिक्री प्रबन्धकले जनाएको छ ।

कम्पनीको आईपीओमा आवेदन दिने अन्तिम दिनसम्ममा सर्वसाधारणले १२ लाख ४९ हजार १०७ आवेदकबाट १ करोड ३८ लाख ८० हजार ५९० कित्ता सेयर माग भएको छ । आवेदकमध्ये भाग्यमानी १ लाख २८ हजार ४२० आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन् ।

कम्पनीले असोज १८ गतेदेखि असोज २२ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले १०० अंकित दरका कुल १२ लाख ८४ हजार २०० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो ।

Comments

Back to top