सेयर बजारमा केहि सुधार, नेप्सेमा १३.१८ अंकको वृद्धि!

मंगलबार सेयर बजारमा सामान्य सुधार आएको छ। आज नेप्से परिसूचक १३.१८ अंकले बढेर १८६४.६२ विन्दुमा पुगेको हो।

यस दिन कारोबार भएका २८९ कम्पनीको कुल ३८ लाख १३ हजार २३३ कित्ता सेयर १ अर्ब ८४ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये १७३ कम्पनीको सेयर मूल्य बढेको छ, ५७ कम्पनीको मूल्यमा गिरावट छ भने, ७ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

आज कारोबार भएका १० उपसमूहको परिसूचक बढेको छ भने तीन उपसमूहको परिसूचक घटेको छ।

प्रमुख कारोबार

यस दिन टप गेनरमा रहेका एनआइबिएल प्रगति फण्ड रहेको छ जसको सेयर मूल्य ७.३५% ले वृद्धि भएको छ। सबैभन्दा धेरै गुमाउनेमा हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड रहेकाे छ जसको ८.५३% ले सेयर मूल्य घटेको छ। कारोबार रकम र भोल्यूमका आधारमा यसदिन हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४ करोडको ६२ लाख बरबारको सेयर कारोबार भएको छ। 

Comments

Back to top