सोमबार पनि सेयर बजारमा गिरावट, २३.१६ अंकले घट्यो नेप्से !

सोमबार सेयर बजार केही अंकले घटेको छ। आज नेप्से परिसूचक २३.१६ अंकले घटेर १८५१.४३ विन्दुमा झरेको हो।

यस दिन कारोबार भएका २८४ कम्पनीको कुल ७५ लाख ५८ हजार ५४२ कित्ता सेयर १ अर्ब २५ करोड ३२ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये २२ कम्पनीको सेयर मूल्य बढेको छ, २११ कम्पनीको मूल्यमा गिरावट छ भने, ३ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

आज कारोबार भएका सबै उपसमूहको परिसूचक घटेको छ ।

प्रमुख कारोबार

यस दिन टप गेनरमा रहेका सिद्धार्थ प्रिमियर इन्स्योरेनस् लिमिटेड रहेको छ जसको सेयर मूल्य ७.८७% ले वृद्धि भएको छ। सबैभन्दा धेरै गुमाउनेमा सयपत्री हाइड्रोपावर र हाथवे इन्भेष्टमेन्ट नेपाल रहेका छन् जसको १०% ले सेयर मूल्य घटेको छ। कारोबार रकम र भोल्यूमका आधारमा यसदिन प्रभु बैँकको प्रोमोटर सेयर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६ करोडको २४ लाख बरबारको सेयर कारोबार भएको छ। 

Comments

Back to top