युनिलिभर नेपालको हालसम्म कै उच्च लाभांश घोषणा

युनिलिभर नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले हालसम्मकै सबैभन्दा बढी लाभांश घोषणा गरेको हो ।

असोज २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रतिकित्ता १ हजार ५८० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर १२ गतेदेखि २६ गतेसम्म बुकक्लोज गर्ने भएको छ।

Comments

Back to top