प्रिओपन सेसनमा नेप्सेमा झिनो अंकको गिरावट !

सोमबार प्रिओपन सेसनमा नेप्से ०.४७ अंकले घटेको छ l

बिहिबार २०.१६ अंकले घटेर १८७४.६० मा बन्द भएको नेप्से आज प्रिओपनपछि १८७४.१२ मा खुलेको हो। कुल ५३१ कित्ता सेयरको खरिदबिक्री करिब १ लाख ९६ हजारमा कारोबार भएको छ। 

यस सेसनमा कारोबारमा आएका १० कम्पनीमध्ये ३ को मूल्य बढ्यो भने ७ को मूल्य घट्यो। यस अवधीमा कुल ३३ पटक ट्रान्ज्याक्सन भएको छ।

 

Comments

Back to top