आरविवि मर्चेन्ट बैंकिङको साधारण सभा आज

आरविवि मर्चेन्ट बैंकिङले आज असोज २९ गते साधारण सभा गर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष ७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १३ दशमलव १६ प्रतिशतले नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको हो । सभाले उक्त प्रस्ताव पारित गर्नेछ ।

साधारण सभामा वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहित अन्य वित्तीय प्रतिवेदन पारित गर्ने, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षक नियुक्त गर्ने, लाभांश पारित गर्ने लगायतका प्रस्ताव पेश हुने छन् ।

Comments

Back to top