दुई लघुवित्त कम्पनीको लाभांश घोषणा

नेप्सेमा सूचीकृत ५५ वटा लघुवित्त कम्पनीहरुमध्ये दुई वटा लघुवित्त कम्पनीले मात्र शेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । जसमा युनिक लघुवित्त वित्तीय संस्था र आरएसडिसी लघुवित्त वित्तीय संस्थाले मात्र लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् ।

युनिक लघुवित्त वित्तीय संस्थाले हाल कायम चुक्तापूँजीको १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद गरी कूल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त कम्पनीले पहिलो पटक शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

त्यसैगरी, आरएसडिसी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९/ ८० को नाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ८.६० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४५२६ प्रतिशत नगद  लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

यी दुई वटै कम्पनीको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंक स्वीकृति पछि कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीहरूमा वितरण हुनेछ।

Comments

Back to top