चिलिमे इन्जिनियरिङले आईपीओ निष्कासन गर्ने

चिलिमे इन्जिनियरिङ एन्ड सर्भिसेज कम्पनी लिमिटेड (चेस्को) ले आइपिओ जारी गर्ने भएको छ ।

कम्पनीले सर्वसाधारणका लागि २ लाख ९७ हजार ५०० कित्ता आईपीओ निष्कासन गर्ने भएको छ । यसका लागि कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई नियुक्त गरिसकेको छ।

सर्वसाधारणप्रति थप उत्तरदायी बनाउने उद्देश्यका साथ आईपीओ निष्कासन गर्न लागेको कम्पनिको भनाइ छ । करिब ७ वर्षदेखि परामर्श सेवा दिँदै आएको यो कम्पनी चिलिमे हाइड्रो पावर कम्पनीको सहायक कम्पनी हो ।

 

Comments

Back to top