चिरख्वा हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

चिरख्वा हाइड्रोपावरको आइपीओमा बिहिबारसम्म ८ लाख ७३ हजार १८० आवेदकले ९५ लाख ६८ हजार ४३० कित्ता शेयरका लागि ९५ करोड ६८ लाख ४३ हजारको आवेदन दिएका छन् ।

कम्पनीले जारी पूँजी ४० करोड रुपैयाँको ३० प्रतिशत अर्थात् १२ लाख कित्ता आईपीओ निष्काशन गर्न सेबोनबाट अनुमति पाएको हो ।

स्थानीयका लागि छुट्याइएको ४ लाख कित्ता शेयरमध्ये विक्री हुन नसकेको १ लाख ९५ हजार ३०० कित्ता आईपीओसमेत गरेर ८ लाख ५९ हजार ३०० कित्ता आईपीओ सर्वसाधारणमा निष्काशन गरिएको हो।  कम्पनीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

Comments

Back to top