सेयर बजारमा पुनः गिरावट, २० अंकले घट्यो नेप्से !

बिहिबार सेयर बजार केही अंकले घटेको छ। आज नेप्से परिसूचक २०.१६ अंकले घटेर १८७४.६० विन्दुमा झरेको हो।

यस दिन कारोबार भएका २९२ कम्पनीको कुल ७५ लाख ५८ हजार ५४२ कित्ता सेयर १ अर्ब ७० करोड बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये २३ कम्पनीको सेयर मूल्य बढेको छ, २१० कम्पनीको मूल्यमा गिरावट छ भने, ४ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

आज कारोबार भएका १२ उपसमूहको परिसूचक घटेको छ । यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक १.१६ प्रतिशत बढेको हो। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ३ प्रतिशत घटेको छ।

प्रमुख कारोबार

यस दिन टप गेनरमा भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र मिड सोलु हाइड्रोपावर लिमिटेड रहेका छन् जसको सेयर मूल्य १०% ले वृद्धि भएको छ। सबैभन्दा धेरै गुमाउनेमा सिटी होटल लिमिटेड रहेको छ जसको ९.०९% ले सेयर मूल्य घटेको छ। कारोबार रकम र भोल्यूमका आधारमा यसदिन लक्ष्मी सनराइज बैँकको प्रमोटर सेयर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १६ करोडको ३८ लाख बरबारको सेयर कारोबार भएको छ। 

Comments

Back to top