नेप्सेमा झिनो सुधार, लगानीकर्ता ‘पर्ख र हेर’ को स्थितिमा

आज सोमबार १.५४ अंकले बढेर ०.०६ % वृद्धिको साथ नेप्से  २५४४.९३ अंकमा बन्द भएको छ। कारोबार भएका २३० कम्पनीमध्ये  ६६ कम्पनी उकालो लागेका छन्, ११८ कम्पनी ओरालो लागेका छन् र ८ कम्पनी स्थिर रहेका छन्।

कारोबार भएका तेह्र उप-समुहमध्ये ५ उप-समुहको सेयर मूल्य उकालो लागेका छन् भने बाँकि ८ उप-समुहको सेयर मूल्य ओरालो लागेका छन् ।

बजार पूँजीकरण बढेर रु ३६ खर्ब ०६ अर्ब पुगेको छ ।

प्रमुख कारोबार

प्राविधिक विश्लेषण

NEPSE Daily Update: March 7, 2022

प्राविधिक विश्लेषण सूचक

१. बोलिन्जर ब्याण्ड

आज बोलिन्जर ब्याण्डको अपर र लोवर ब्याण्डको अन्तर बढेको विश्लेषणले देखाउँछ (आजको फरकः ३७१ ) जसले बजारमा भोलाटाइलिटी बढेको  इङ्गित गर्दछ। बजार आज लोवर ब्याण्ड (२५२३ ) भन्दा माथि आएर बन्द भएको छ।

२.  मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स

मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स विश्लेषणले एमएसिडि लाइन जिरो लाइन  भन्दा -५६  ले तल आएको  देखिन्छ। हिस्टोग्राम हिजोको  -२५  भन्दा केहि घटेर  आज  -२४ अकंमा छ। एमएसिडी लाइन निरन्तर तलतिर लागेको  देखाएको छ  र सिग्नल लाइन जिरो लाइन भन्दा तल  -३२ मा आएको  छ।  समग्र मुभिङ्ग एभरेजलाई हेर्दा बजारमा पर्ख र हेर को नीतिमा लगानीकर्ता बजारमा प्रवेश नगरेको जस्तो देखिन्छ।  

३ .डाइरेक्सनल मुभमेन्ट

डाइरेक्सनल मुभमेन्ट इन्डिकेटरले भने आज पनि +१४ डिएमआई लाइनले सिग्नल लाइनलाई क्रस गरेर  तल लागेको  देखिएको छ  साथै  -१४ डिएमआई लाइन माथि नै लागेको र आज माथि बाट तलतिर लागेको देखिन्छ र सिग्नल लाइन तलतिर बाट +डीएमआइ लाइनलाइ क्रस गरेर माथि लागेको  देखिएको छ जसले अलिकति ट्रेन्ड निरन्तरता दिने जस्तो देखाएको छ ।  -१४ डिएमआई लाईन तलतिर फर्किएको देखिन्छ देखिन्छ जसले सेलिंग कम  भएको  जनाउँछ।  

४. क्यान्डलस्टिक

आज नेप्सेले स्पिनिंग टप क्यान्डल  बनाएको छ जसले  बजारको कुनै निश्चित दिशा नभएको जनाउँछ ।

५. क्युमुलेटिभ एडी लाईन

NEPSE Daily Update: March 7, 2022

क्युमुलेटिभ एडी लाइन  -२९७७ देखि बढेर  -३०२९ मा आएको छ। नेप्सेको कुल भोल्युम ४६४२९७१ रहेको छ जुन २१ दिन मुभिङ एभरेज भोल्युम (६८०११४४)  को ६८ प्रतिशत देखिएको छ।

नेप्से आज लोवर  ब्याण्ड २५२३ माथि क्लोज भएको छ। एमएसिडी लाइन जिरो लाइन भन्दा  तल  -५६ मा पुगेको  छ र सिग्नल लाईन पनि जिरो लाइन तल -३२     मा  आएको छ भने हिस्टोग्राम -२४  मा रहेको छ ।

-१४ डिएमआई लाइन माथि बाट तल फर्किएको छ भने +१४ डिएमआई लाईन तलतिर नै   लागेको छ  र एडिएक्स लाइन +डी आइ लाइनलाइ क्रस गरेर माथितिर फर्किन लागेको देखिन्छ जसले  ट्रेन्ड निरन्तर हुनसक्ने जस्तो देखिएको छ। आज बजारमा खरिदकर्ता र बिक्रिकर्ता बीच सामान्य बार्गेनिङ्ग मोमेन्टम बढेको सङ्केत गर्छ। आरएसआइ आज २९.६४  मा आएको छ जसले आरएसआइको मोमेन्टम केहि खासै नरहेको तथा लगानीकर्ता पर्ख र हेर नीतिमा बसेको जस्तो  जनाउँछ।

नेप्सेको आगामी दिनको नजिकको सपोर्ट २५३०  को एरिया रहेको देखिन्छ नेप्सेको नजिकको  अवरोध २५६० को एरिया रहेको देखिन्छ।

Comments

Back to top