नेप्से परिसूचकमा सामान्य अंकको वृद्धि, १ अर्ब ८ करोडको कारोबार !

बुधबार सेयर बजार सामान्य अंकले बढेको छ। आज नेप्से परिसूचक ५.१६ अंकले बढेर १८९४.७६ विन्दुमा पुगेको हो।

यस दिन कारोबार भएका २८६ कम्पनीको कुल ३७ लाख ३३ हजार ५२४ कित्ता सेयर १ अर्ब ८ करोड ८५ लाख रुपैयाँमा कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये १३७ कम्पनीको सेयर मूल्य बढेको छ, ८५ कम्पनीको मूल्यमा गिरावट छ भने, १२ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

आज कारोबार भएका १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.८० प्रतिशत बढेको छ। 

प्रमुख कारोबार

यस दिन टप गेनरमा सिटी होटल लिमिटेड रहेको छ जसको सेयर मूल्य १०% ले वृद्धि भएको छ। सबैभन्दा धेरै गुमाउनेमा सानिमा जिआइसी इन्स्योरेन्स रहेको छ जसको ४.२१% ले सेयर मूल्य घटेको छ। कारोबार रकमका आधारमा यसदिन मान्डु हाइड्रो पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४ करोडको ८० लाख बरबारको सेयर कारोबार भएको छ। भोल्यूममा सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रो पावर कम्पनीको कारोबार भएको छ।

Comments

Back to top