नेप्से परिसूचक १९.०६ अंकले घटेर १८८९.५९ विन्दुमा !

मंगलबार पनि सेयर बजारमा गिारवट आएको छ। आज नेप्से परिसूचक १९.०६ अंकले घटेर १८८९.५९ विन्दुमा झरेको हो।

यस दिन कारोबार भएका २८२ कम्पनीको कुल ४२ लाख ८७ हजार ४२४ कित्ता सेयर १ अर्ब २८ करोड ३१ लाख रुपैयाँमा कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये ३१ कम्पनीको सेयर मूल्य बढेको छ, १९३ कम्पनीको मूल्यमा गिरावट छ भने, ९ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

आज कारोबार भएका सबै उपसमूहको परिसूचक घटेको छ । यस दिन जलविद्युत उपसमूहको परिसूचक सर्वाधकि १.७९ प्रतिशत घटेको छ।

 

प्रमुख कारोबार

यस दिन टप गेनरमा अपर लोहोर खोला हाइड्रो पावर कम्पनी रहेको छ जसको सेयर मूल्य ५.८६% ले वृद्धि भएको छ। सबैभन्दा धेरै गुमाउनेमा बाराही हाइड्रो पावर पब्लिक लिमिटेड रहेको छ जसको ७.६४% ले सेयर मूल्य घटेको छ। कारोबार रकम र भोल्यूमका आधारमा यसदिन सानिमा जिआइसी इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २० करोडको ३७ लाख बरबारको सेयर कारोबार भएको छ। 

Comments

Back to top