सोनापुर मिनरल्सको आइपीओ भोलि बुधबार बाँडफाँड हुँदै

सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको आइपीओ भोलि बुधबार बाँडफाँड हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलले असोज २४ गते बुधबार बाँडफाँडको कार्यक्रम रहेको जानकारी दिएको हो ।

कम्पनीको आईपीओमा आवेदन दिने अन्तिम दिनसम्ममा ३ अर्ब ५० करोड ७८ लाख ९७ हजार २१० रूपैयाँको एक करोड ४७ लाख ६५ हजार १२० कित्ताका लागि आवेदन परेको छ । कम्पनीले ९७ लाख ३२ हजार ५४४ कित्ता शेयर निष्काशन गरेको थियो । कम्पनीको आइपीओमा आवेदन दिन झण्डै डेढ लाखको हात खालि हुने छ ।

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी कुल २३७ रुपैयाँ ५८ पैसामा सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको थियो ।

 

Comments

Back to top