चिरख्वा हाइड्रोपावरको आईपीओ सर्वसाधारणका लागि आजदेखि निष्काशन

चिरख्वा हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै छ ।

कम्पनीले जारी पूँजी ४० करोड रुपैयाँको ३० प्रतिशत अर्थात् १२ लाख कित्ता आईपीओ निष्कासन गर्न सेबोनबाट अनुमति पाएको हो । कुल कित्तामध्ये आयोजना प्रभावित स्थानीयमा २ लाख ४ हजार ७०० कित्ता, वैदेशिक रोजगारीमा रहेका नेपालीमा ८० हजार कित्ता, सामूहिक लगानीकोषका लागि ४० हजार र कर्मचारीहरूमा १६ हजार कित्ता आईपीओ बाँडफाँट गरिएको हो ।

स्थानीयका लागि छुट्याइएको ४ लाख कित्ता शेयरमध्ये विक्री हुन नसकेको १ लाख ९५ हजार ३०० कित्ता आईपीओसमेत गरेर ८ लाख ५९ हजार ३०० कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गर्न लागिएको हो ।

यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । प्रतिशेयर सय रुपैयाँ मूल्यमै कम्पनीले आईपीओ विक्री गर्न लागेको हो ।

यो आईपीओ छिटोमा असोज २६ गतेसम्म विक्रीमा रहनेछ । सो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा ढिलो अवधि कात्तिक ३ गतेसम्म विक्री लम्बिनेछ ।

Comments

Back to top