नेप्सेमा गिरावट कायमै, घट्यो कारोबार रकम पनि!

आज सोमबार पनि सेयर बजारमा गिारवट आएको छ। आज नेप्से परिसूचक १२.५८ अंकले घटेर १९०८.६६ विन्दुमा झरेको हो।

यस दिन कारोबार भएका २८७ कम्पनीको कुल ४३ लाख २७ हजार १७९ कित्ता सेयर १ अर्ब १७ करोड १ लाख रुपैयाँमा कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये ६६ कम्पनीको सेयर मूल्य बढेको छ, १५८ कम्पनीको मूल्यमा गिरावट छ भने, १० कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

आज कारोबार भएका ११ उपसमूहको परिसूचक घटेको छ भने दुई उपसमूहको परिसूचक बढेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक ०.४९ प्रतिशत बढेको छ भने उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ०.०६ प्रतिशत बढेको छ।

प्रमुख कारोबार

 

यस दिन टप गेनरमा सयपत्री हाइड्रो पावर लिमिटेड रहेको छ जसको सेयर मूल्य ६.८८% ले वृद्धि भएको छ। सबैभन्दा धेरै गुमाउनेमा बाराही हाइड्रो पावर पब्लिक लिमिटेड रहेको छ जसको १०% ले सेयर मूल्य घटेको छ। कारोबार रकमका आधारमा यसदिन नबिल बैँक लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३ करोडको ५१ लाख बरबारको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा भने सानिमा इक्विटी फण्डको कारोबार भएको छ।

Comments

Back to top